परियोजना सल्लाहाकार समितिको बैठक सम्पन्न

मोहन ठकुल्ला, डोटी
मुक्त हलिया तथा आन्तरिक विस्थापित समुदायको आर्थिक तथा सामाजिक अधिकार प्रवद्र्र्धनका लागि सामुहिक प्रयास परियोजना सल्लाहाकार समिति बैठक सम्मपन्न भएको छ । उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च (युएसएसबिएम) डोटीको आयोजना, द लुथरन विश्व फेडरेसन नेपाल र ईएलसिएको संयुक्त सहयोगमा शिखर नगरपालिकाको सभाहलमा उक्त कार्यक्रम सम्मान भएको हो ।


शिखर नगरपालीकाको २ वटा वडामा कार्यक्षेत्र तोकिएको भए पनि चार वडाका विभिन्न ठाउँमा हलिया तथा आन्तरिक विस्थापित समुदायका लागि उक्त परियोजनाले कार्य गरिरहेको युएसएसबिएम डोटीका कार्यक्रम संयोजक भक्तराज उपाध्यले बताउनु भएको छ । व्यावसाय स्थापना तथा सामाग्री, सानाघरेलु परियोजना तथा उद्योगका लागि सहयोग, २ वटा सहकारी संस्था तथा लेखा सम्बन्धि कार्य र घुम्ति कोषको स्थापना गरेको पनि उहाँले बताउनुभयो । संस्थाले वडाको विभिन्न क्षेत्रमा मुक्त हलिया तथा आन्तरिक विस्थापित समुदायलाई विभिन्न कार्यक्रम गरि सहयोग गरेको तर वास्तविक हलियाले नपाई सम्पन्न समुदायका परिवारले पाएको गुनासो उक्त कार्यक्रमका प्रमुख अतिथि शिखर नगरपालिका वडा न २ का वडा अध्यक्ष प्रेम बहादुर जोराले बताउनु भयो ।

विगतका जति पनि समुदायमा सहयोग गरिएको थियो ती समुदायमा दोस्रो पटक जाँदा व्यावसाय तथा साना घरेलु उद्योग र कृषि क्षेत्र लगायतमा संस्थाले गरेको सहयोगमा यस्ता समुदायलाई ठूलो योगदान पुगेको उक्त कार्यक्रमका सभापति तथा उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्चका सचिव डम्मर डौडीले बताउनु भयो ।
