सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

कार्यालय समय बिहान साढे ९ देखि साँझ साढे ५ बजेसम्म

सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन्।

उनका अनुसार शनिबार र आइतबार दुई दिन बिदा दिइनेछ। आगामी जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ ५:३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । मन्त्री कार्कीले परीक्षणको रुपमा दुई दिन बिदा दिने निर्णय भएको बताए ।

Sayalb

अहिले यो प्रावधान परीक्षणका रुपमा हुने उनले बताए । पेट्रोलियम पदार्थको मूल्य बढ्नु र विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्दै गएपछि यस्तो प्रावधान लागू गरिएको हो ।

नेपाल आयल निगमले पनि केही समय अघि हप्तामा दुईदिन सरकारी बिदाको प्रस्ताव गरेको थियो ।

Shaileshwori
Loading...