उपमेयर कप महिला कबड्डी प्रतियोगिताको उपाधि दिपायल सिलगढीलाई  

उपमेयर कप महिला कबड्डी प्रतियोगिता   दिपायल सिलगढी नगरपालिकाले जितेको छ । हरितालिका तिज २०७९ को अवसरमा डोटीको टुँडिखेलमा सम्पन्न भएको प्रतियोगितामा के.आइ.सिंह गाउँपालिकालाई हराउँदै  दिपायल सिलगढी नगरपालिकाले जित हात पारेको हो । जित सँगै दिपायल सिलगढी नगरपालिकाले १५ हजार नगद सहित प्रमाण पत्र प्राप्त गरेको छ । दृतिय भएको   के.आइ.सिंह गाउँपालिकाले १० हजार नगद र प्रमाण पत्रमा चित्त बुझाएको छ ।
Sayalb
टुँडिखेलमा बुधवार भएको प्रतियोगितामा के.आइ.सिंह गाउँपालिकाले प.प. मावि सिलगढीलाई र दिपायल सिलगढी नगरपालिकाले दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ लाई हराउँदै फाइनलमा प्रवेश गरेका थिए ।   कबड्डी प्रतियोगितामा विभिन्न ८ टोलीको सहभागिता रहेको थियो । दिपायल सिलगढी नगरपालिका, भैरव प्रसाद गण, के.आइ.सिंह गाउँपालिका, प.प. मावि सिलगढी, नेपाल प्रहरी, डोटी बहुमुखी क्याम्पस, दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ र डोटी उद्योग वाणिज्य सङ्घ डोटीको सहभागिता रहेको थियो ।
उप–मेयर कप महिला तीज खेल प्रतियोगिता २०७९ अन्तरगत बुधवार पहिलो दिन कबड्डी प्रतियोगिता गरिएको हो । दिपायल सिलगढी नगपालिका, भैरव प्रसाद गण र त्रिवेणी एफएम डोटीको संयुक्त आयोजनामा सुरु भएको उप–मेयर कप महिला तीज खेल प्रतियोगिता भदौ १४ गतेसम्म सञ्चालन हुनेछ । (भोलि) ९ र १० गते भलिबल प्रतियोगिता, १० र ११ गते फुटबल प्रतियोगिता, १० गते सिलगढी स्थित टुँडिखेलमा र ११ गते दिपायल स्थित दिल्पेश्वर मठमा महिलाहरूलाई दर खुवाउने र नाचगानको कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।
Shaileshwori
Loading...