कम्युनिष्ट सरकारको काम देखेर काँग्रेस आत्तियो: अध्यक्ष मल्ल

कर्ण चन्द / डोटी, असोज ८

Sayalb

कम्युनिस्ट सरकारले गरेकाे बिकासबाट कांग्रेस अात्तिएकाे नेपाल कम्युनिस्ट पार्टी(नेकपा) डाेटीका अध्यक्ष चक्र मल्ल पनिले बताएका छन ।
नेकपा बाेगटान फुड्सिल गाउँपालिका संगठन किमिटीकाे तेस्रो पुर्ण बैठकमा सम्बाेदन गर्दै अध्यक्ष मल्लले उक्त कुरा बताएका हुन ।
स्थानीय, प्रदेश र संघिय सरकारले जनपक्षीय काम गरेपछी कांग्रेस अात्तिएकाे मल्लले बताउनु भएको छ ।कागजकाे रेल बनाएर सरकारलाई गिज्ज्याउनेहरू यथार्थमा रेल देखेपछि अात्तिएकाे मल्लले तर्क गरेका छन ।
सर्वाहरा बर्गकाे नेतृत्व गरेकाे पार्टीले जनताकाे पिरमार्काका काम गरिरहेकाे पार्टी सचिब जंग बिक शैलेन्द्रले बताउनु भएको छ ।

Shaileshwori
Loading...