एकता सौहार्दा दलित समाज नेपाल भारतको दोस्रो वार्षिकोत्सव  सम्पन्न 

भारतको बेङ्ग्लोरमा रहेको नेपाली दलित समुदायको “एकता सौहार्दा दलित समाज नेपाल भारत” को दोस्रो वार्षिकोत्सव    सम्पन्न भएको छ ।
Sayalb
आइतबार बेङ्ग्लोरको अभिगिरिमा बृहत् सांस्कृतिक कार्यक्रम सहित वार्षिकोत्सव सम्पन्न भएको संस्थाका अध्यक्ष जीवन परियारले जानकारी दिए ।  दलित समुदायको हक हित र अधिकार प्राप्तिका लागि  योगदान गरेका अघिल्लो पुस्ताको जिम्मेवारी आफ्नो पुस्ताको काँधमा आएको संस्थाका उपाध्यक्ष प्रकाश नेपालीले बताए । उनले दलित समुदायका प्रतिनिधिहरू दलित उत्थानका लागि काम गर्न अनुरोध गरे ।  नेपाल भन्दा टाढा भए पनि दलित समुदायको अधिकार र सवालका विषयमा सङ्गठित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
लामो सङ्घर्ष र  आन्दोलनबाट संविधानमा दलित समुदायका हक अधिकार लेखिएको भए पनि दलितहरू माथिको अझै पनि थिचोमिचो हुने गरेको सहभागीको भनाई थियो  । कार्यक्रममा पत्रकार तथा लोक देउडा गायक प्रेम नेपाली, देउडा गायक प्रेमलाल नेपाली, जय नेपाली, देउडा गायक  भुवन नेपाली, केशव नेपाली, दीपक नेपाली, राकेश नेपाली, सुनिल नेपाली लगायतका कलाकारहरूको प्रस्तुति रहेको थियो ।
Shaileshwori
Loading...