सुदूर पश्चिमेली नेपाली दलित एकता समाज भारतको अध्यक्षमा रैकाल निर्वाचित

सुदूर पश्चिमेली नेपाली दलित एकता समाज भारतको अध्यक्षमा लक्ष्मण रैकाल विजयी भएका छन् । संस्थाको तेस्रो वार्षिकोत्सव तथा दोस्रो अधिवेशनबाट रैकाल अध्यक्षमा सर्वसम्मत विजयी भएका हुन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा शेर सीँ विश्वकर्मा, प्रथम उपाध्यक्षमा टेक बहादुर नागरी, द्वितीय उपाध्यक्षमा इन्द्र बिक, महिला उपाध्यक्षमा गौरी बिक, महासचिवमा खेमराज भुल चयन भएका छन् । सचिवमा विश्वास बिक, सह-सचिवमा दीपेन्द्र नेपाली, कोषाध्यक्षमा भान विश्वकर्मा, सह-कोषाध्यक्षमा दीपक बिसी सर्वसम्मत चयन भएको संस्थाका संरक्षक कमल परियारले बताए ।

Sayalb

२०१८ मा भारतको चन्नैमा स्थापना भएको संस्थाले विभिन्न सामाजिक काम गर्दै आएको र भारतमा समस्यामा परेका नेपालीहरूलाई पनि सहयोग गर्दै आएको  संस्थाका संस्थापक तथा निवर्तमान अध्यक्ष रमेश बिसीले बताए । नव अध्यक्ष रैकालले संस्थालाई थप उचाइमा पुर्‍याउन र संस्थाका गतिविधिलाई चुस्त दुरुस्त बनाउन जिम्मेवार भएर काम गर्ने   प्रतिबद्धता जनाए ।

कार्यक्रममा पत्रकार तथा कलाकार प्रेम नेपाली प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विभिन्न  कलाकारहरूले साङ्केतिक प्रस्तुति राखेका थिए ।

Shaileshwori
Loading...