जोरायल गाउँपालिकाले ल्याएको ५३ करोड बढीको बजेट स्वीकृत

डोटी : जोरायल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु. ५३ करोड ११ लाख ६० हजार बराबरको बजेट ल्याएको छ । आइतबार गाउँपालिकाको १४ औँ अधिवेशनमा उपाध्यक्ष जमुना बोहराले आगामी आर्थिक वर्षको लागि बजेट पेस गरेकी हुन् । उपाध्यक्ष बोहराले १४ औँ गाउँ सभामा पेस गरेको बजेट आजै सर्व सम्मतिले स्वीकृति भएको छ । गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले असार १ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । गाउँपालिकाको दायित्व एक करोड २९ लाख २५ हजार रहेको छ ।
Sayalb
अनुमानित बजेटमा गाउँपालिकाका गौरवका योजनामा दुई करोड ८ लाख ४० हजार, वडा स्तरीय योजनामा दुई करोड ७० लाख ६० हजार, विषयगत शाखा चार करोड ८९ लाख ५६ हजार, प्रशासनिक खर्च सात करोड ४५ लाख २९ हजार, वडा प्रशासनिक खर्च ३० लाख, पुँजीगत एक करोड १३ लाख, चालु खर्च ५८ लाख, सशर्त हस्तान्तरण सङ्घीय सरकार २७ लाख ९६ हजार,  सशर्त हस्तान्तरण प्रदेश सरकार ३४ लाख ५० हजार, विशेष हस्तान्तरण सङ्घीय सरकार ६० लाख, सशर्त हस्तान्तरण प्रदेश सरकार ५५ लाख, समपूरक अनुदान सङ्घीय सरकार एक करोड ४० लाख, समपूरक पालिका साझेदारी कार्यक्रम एक करोड ४० लाख, जीआइजेड साझेदारी कार्यक्रम ३९ लाख विनियोजन गरिएको छ । उपाध्यक्ष बोहराले गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, उद्योगलाई प्राथमिकता दिइएको बताइन् ।
Shaileshwori
Loading...