बोगटान फुड्सिल गाउँपालिकाको १४औँ गाउँ सभा सम्पन्न 

बोगटान फुड्सिल गाउँपालिकाको १४औँ गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाको अध्यक्षतामा सञ्चालन गरिएको गाउँ सभामा गत वर्षको अल्या बजेट बाँडफाँड, बजेटको संशोधन,विभिन्न समिति गठन, कर्मचारीको म्याद थप सम्बन्धीका प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।
शैक्षिक सुधार गर्ने उद्देश्यका साथ गत वर्षको मौज्दात सम्पूर्ण रकम  ६३ लाख ५१ हजार नौ सय नब्बे रुपैयाँ ८५ पैसा बजेट गाउँपालिका शिक्षक सिकाइ अनुदान कार्यक्रमका लागी बजेट विनियोजन गरेको छ । सभाबाट  लेखा समिति, विधायन समिति र सुशासन समिति गठन गर्नुका साथै विभिन्न शीर्षकमा रहेका ३२ वटा योजना रकम रकमान्तर तथा कार्यक्रम संशोधन गरिएको बोगटान फुड्सिल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरतबहादुर चन्दले जानकारी दिए  ।
पारित प्रस्तावहरू गाउँ सभाका सदस्यहरूले सभामा प्रस्तुत गरेका थिए । गाउँ सभामा वर्षको बजेट अल्या सम्बन्धी प्रस्ताव भरत बम, बजेट संशोधन सम्बन्धी प्रस्ताव खेमबहादुर घर्तिमगर, समिति गठन सम्बन्धी प्रस्ताव दिपबहादुर बम र कर्मचारीको म्याद थप सम्बन्धी प्रस्ताव रामबहादुर बोहराले प्रस्तुत गर्नु भएको प्रस्ताव सर्बसहमत सभाका सदस्यले पास गरेका हुन ।
Sayalb
Shaileshwori
Loading...