जङ्गली बँदेलको आक्रमणबाट डोटीमा दुई जना घाइते

माघ ०२, डोटी
डोटीमा जङ्गली बदेको आक्रमणबाट जना घाइते भएका छन् । बँदेलले आक्रमण गर्दा जिल्लाको के.आई.सिंह गाउँपालिका वडा नम्बर १ का ३५ बर्सिया जगुली देवी भूल र ७२ बर्सिया भगी भुल घाइते भएका छन् ।

Sayalb

उनीहरुलाई मङ्गलवार (आज) बिहान करिब ९ बजेतिर घर नजिकै घाँस काट्ने क्रममा बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले जानकारी दिए । घाइते जगुलीको टाउको र दुवै खुट्टा तथा भगीको टाउकोमा चोट लागेको र उपचारको लागि जिल्ला अस्पताल डोटी ल्याइएको विष्टले बताए ।

अघिल्लो साता मात्रै आदर्श गाउँपालिकामा भालुको आक्रमणबाट ३ जना घाइते भएका थिए । बालीनालीमा क्षति पुर्याउदै आएका जङ्गली जनावर पछिल्लो समय मानिसलाई समेत आक्रमण गर्न थालेका छन् ।

Shaileshwori
Loading...