
जेठ १९, काठमाडौँ । आज नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ । संसद् भवन नयाँबानेश्वर स्थित ल्होत्से हलमा दिउँसो साढे १२ बजे बैठक बस्न लागेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, मधेस प्रदेश सरकार तथा सरकारले संसद्मा पेस गरेको बजेटबारे छलफल हुने जनाइएको छ ।
अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते सार्वजनिक गरेको अगामी आर्थिक वर्षको बजेटमाथि भोलिदेखि छलफल सुरु हुँदै छ ।
