पूर्वगृहमन्त्री बादलपुत्र प्रतीक पुर्पक्षका लागि कारागार चलान

Sayalb

आदेशमा शरणार्थी प्रकरणमा थापाको संलग्नता नरहेको भन्न नसकिने उल्लेख छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले अदालतको आदेशसँगै थापालाई केन्द्रीय कारागार पठाइएको बताए ।

उनीमाथि नक्कली शरणार्थी बनाउन बिचौलियाको भूमिका खेलेको आरोप छ। यसअघि फरार रहेका उनलाई प्रहरीले गएको शुक्रबार काठमाडौँको बौद्धबाट पक्राउ गरेको थियो ।

उक्त प्रकरणमा यसअघि नै एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जना पुर्पक्षका लागि थुनामा छन् भने कांग्रेस नेता बालकृष्ण खाँण धरौटीमा रिहा भएका छन् ।

Shaileshwori
Loading...