

साउन २०, धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् । आइतबार प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
शाहले मुख्यमन्त्रीमा नियुक्तिका लागि आजै प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए । शाह मुख्यमन्त्री बनेको यो दोस्रो पटक हो । यसअघि, २०७९ माघ २६ गते पहिलो पटक शाह मुख्यमन्त्री बनेका थिए । बहुमत जुटाउन नसकेपछि उनले गत चैतमा पदबाट राजीनामा दिएका थिए ।
