स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय 

सरकारले कोरोना भाइरसका कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षा सम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो ।

Sayalb

बैठकले व्यवसायिक तालिम प्रदायक संस्थाहरुलाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको तालिम सञ्चालन गर्न अनुमति दिने पनि निर्णय भएको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले आज पत्रकार सम्मेलन मार्फत् जानकारी दिनुभयो । सरकारले यसअघि भर्चुचल बाहेकका परीक्षा सञ्चालनमा रोक लगाएको थियो ।

Shaileshwori
Bolpatra
Loading...