आदर्श गाउँपालिकामा २ सय १७ जना नेकपामा प्रबेश


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आदर्श गाउँपालिकामा २ सय १७ जना प्रबेश गरेका छन । बिभिन्न पार्टी परित्याग गरी तथा सर्बसाधारण नागरिकहरु नेकपामा गोलबन्द भएका हुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आदर्श गाउँपालिका संगठन कमिटिको पुर्ण बैठकमा पार्टी प्रबेश गर्नेलाई स्वागत गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी अध्यक्ष चक्र मल्लले बताए ।
जिल्लाका सबै स्थानीय तहका पुर्ण बैठक राख्ने कार्यक्रम अन्तरगत आदर्श गाउँपालिकामा कार्यक्रम गरिएको हो ।
जिल्लाभरको अभियान पश्चात नेकपामा प्रबेश गर्ने जनलहर बृद्धी भएको नेकपा अध्यक्ष मल्लले बताए ।
नेकपा आदर्श गाउँ कमिटि अध्यक्ष गोबिन्द पार्की अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य गौरी ओली प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा प्रदेश कमिटि सदस्य, जिल्ला सचिवालय सदस्य, जिल्लमा कमिटि सदस्य तथा गाउँ संगठन कमिटिका सदस्यहरुको उपस्थिती रहेको थियो ।
