बोगटान फुड्सिलको चवराचौतारामा दुई दिने विशेषज्ञ स्वास्थ्य शिविर सुरु

जेठ १६, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका-०७ चवराचौतारा दुई दिने एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सुरु भएको छ । स्वास्थ्य निर्देशनालय राजपुर डोटीक‍ो आयोजना तथा बोगटान फुड्सिल गाउँपालिकाको सहयोग, निसर्ग हस्पिटल धनगढीको प्राविधिक सहयोग र चवराचौतारा समाज धनगढीको समन्वयमा शिविर शनिवार (आज) बाट सुरु भएको हो ।

Sayalb

शिविरबाट स्थानीयहरूले हाडजोर्नी तथा नसा सम्बन्धी सेवा, महिला रोग सम्बन्धी सेवा, नाक, कान घाँटी सम्बन्धी सेवा, जर्नल फिजिसियन सेवा, मनोचिकित्सा सम्बन्धी सेवा, बाल रोग  सम्बन्धी सेवा पाउनुका साथै निःशुल्क औषधीहरू वितरण हुने गाउँपालिका अध्यक्ष कमल बहादुर गड्सिलाले जानकारी दिए । अध्यक्ष गड्सिलाका अनुसार शिविरमा ९ जना विशेषज्ञ चिकित्सकहरूले सेवा दिइरहेका छन् ।

फिजिसियन डा. रेहन प्रधान, वाल रोग विशेषज्ञ डा. प्रदीप मिश्र, हाडजोर्नि तथा नसारोग विशेषज्ञ डा. बम बहादुर कुँवर, नाक, कान तथा घाटी रोग विशेषज्ञ डा. सन्तोष डी.सी., मानसिक तथा नसा रोग विशेषज्ञ डा. साजन खड्का, मेडिकल अधिकृत डा. आदित्य सिंह, जनरल फिजिसियन डा. विष्णु खड्का, मेडिकल अधिकृत डा. युवराज भट्ट र मनोपरामर्शदाता सुनिल चटौत शिविरमा उपलब्ध छन् । शिविर भोलि समापन हुने छ ।

Shaileshwori
Loading...