अबैध मदिरा बिक्री गरेको आरोपमा १० हजार जारिवाना

Sayalb

फुडसिल गाउँपालिका वडा नं.–४ सात्फरी जजलामा अबैध मदिरा बिक्री गर्ने एक जनालाई कार्वाही गरिएको छ ।
राष्ट्रिय जनमोर्चाका वडा अध्यक्ष समेत रहेका बिरबहादुर बमले लुकिछीपी मदिरा बिक्रि गर्ने गरेको उजुरीको आधारमा चवराचौतारा प्रहरी चौकीले कारवाही गरेको स्थानीयले जानकारी दिएका छन् ।
बोगटान फुड्सिल गाउँपालिकामा मदिरा सेवन तथा बिक्री बितरण निशेष गरेको भएपनी जनमोर्चाका नेता समेत रहेका बमले गाउँमा मदिरा बिक्री गर्र्दै आएका हुन । लामो समय मदिरा बिक्रि गरिरहेका बमले मङ्गलवार एक जना स्थानियले रक्सि खाएर बच्चा ,महिलाहरुलाई गालि गलौच गरेपछी घटना सार्बजनिक भएको हो ।
गाउँमा बिकृती भएपछी शिवशक्ति युवाकल्बका सदस्यहरुले प्रहरिलाई जानकारि गराएपछि प्रहरिले कार्वाही गरेको हो ।
शिवशक्ति युवाकल्ब र जजला आमा समुहले तोके बमोजिम मदिराखाई होहल्ला गर्नेलाई ६ हजार र बिक्रि गरेकोमा नेता बमलाई १० हजार जरिवाना तिराएको चवराचौतारा प्रहरी चौकीका प्रमुख तप्तबहादुर साउँदले बताए ।

Shaileshwori
Loading...