बाढी पिडितहरुका लागि पद्म पव्लिक माबिका बिद्यार्थीहरुले संकलन गरे ४१ हजार ८ सय
सु–जङ्गबाट दुई लाख २२ हजार सहयोग

१५ भाद्र, डोटी . गत १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण प्रभावित भएका व्यक्तिहरुको उद्दारका लागि बिद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् ।
डोटी जिल्ला सरदमुकामा सिलगढीमा रहेको सामुदायिक बिद्यालय पद्म पव्लिक माबिमा अध्ययनरत बिद्यार्थीहरुले आफ्नो नास्ता खर्चबाट ४१ हजार आठ सय रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा परेका छन् ।
बिद्यालयका प्रधानाध्यापक केशवराज ओझाका अनुसार बिद्यालयमा कक्षा २ देखि १२ सम्म पढ्ने बिद्यार्थीहरुले स्वतःस्फ्रुत रुपमा उक्त रकम संकलन गरेका हुन् । ‘आफु सक्दो रकम बिद्यार्थीहरु आफैले संकलन गरेर सरकारको कोषमा जम्मा गरिदिन हामीलाई दिए’ ओझाले भने ‘ृउक्त रकम हामीले प्रधामन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिदिएका छौं ।’
राहातका लागि कक्षा २ का बिद्यार्थीहरुले ४० रुपैयाँ संकलन गरेका थिए । यस्तै, कक्षा ३ बाट तीन सय ७५, ४ बाट ६ सय ६५ र ५ बाट एक हजार १० रुपैयाँ संकलन भएको प्रधानाध्यापक ओझाले जानकारी दिए । उनका अनुसार कक्षा ६ बाट चार हजार ४५, कक्षा ७ बाट पाँच हजार पाँच सय ५० र कक्षा ८ बाट पाँच हजार पाँच सय १५ रुपैयाँ संकलन भएको छ ।
यस्तै, कक्षा ९ बाट तीन हजार ६ सय ५५ र १० बाट ६ हजार ६ सय ७५ रुपैयाँ संकलन भएको छ । कक्षा ११ र १२ का बिद्यार्थीहरुले १४ हजार दुई सय ९५ रुपैयाँ संकलन गरेका छन् ।
सवैतिरबाट बाढी पिडितको सहयोगका लागि सरकारको कोषमा सहयोग रकम जम्मा गरिरहेको समाचार पढेपछि आफुहरुलाई पनि सहयोग गर्ने ईच्छा लागेर रकम संकलन गरेको बिद्यार्थीहरु वताउँछन् । ‘सवै बिद्यार्थी साथीहरुले मनैदेखि सहयोग गर्ने ईच्छा राखेर आफैले रकम जम्मा ग¥यौं’ कक्षा १२ मा अध्ययनरत मदन बोगटी भन्छन् ‘बिपदको बेलामा हामीले पनि थोरै भएपनि पिडितहरुलाई सहयोग गर्न खोजेका हौं ।’

सु–जङ्गबाट दुई लाख २२ हजार सहयोग
डोटीको दिपायल सिलगढी नगरपालिका–४ का रहेको नीजि बिद्यालय सु–जङ्ग ईङ्लिस बोर्डिङ्ग मोडेल स्कुलले बाढी पिडितको उद्दार र राहातका लागि आर्थिक सहयोग गरेको छ । बिद्यालयका निर्देशक नरेश बलायरले बिद्यालय परिवारको तर्फबाट दुई लाख २२ हजार २२२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिएको वताए ।
बिद्यालयमा कार्यरत शिक्षकहरुले आफुले पाउने तीन दिनको तलव बरावर हुन आउने रकम ८९ हजार ९९६ रुपैयाँ सहयोग गरेकाे बिद्यालयका प्रिन्सिपल मानवहादुर कठायतले जानकारी दिए । यस्तै, बिद्यार्थीहरुबाट संकलन गरिएको ३९ हजार ५० र बिद्यालयमा रहेको जुनियर रेडक्रमस १८ हजार २०३ रुपैयाँ राहात कोषमा जम्मा गरिएको छ । बाँकी रकम ७५ हजार रुपैयाँ बिद्यालयको कोषबाट सहयोग गरिएको कठायतले बताए ।

