

१० असोज, डोटी । शुक्रवार बिहानदेखि निरन्तर बर्षा भईरहेको अवस्थालाई ध्यानमा राख्दै डोटीमा सवारी अवागमनमा पूर्ण रुपमा रोक लगाईएको छ ।
जिल्ला प्रशासन कार्यालय, डोटीले शनिवार बिहानै एक सूचना जारी गर्दै आईतवार बिहान ७ बजेसम्म जिल्लाका मुख्य सडकहरु र ग्रामिण सडकहरुमा सवारी अवागमनमा रोक लगाईएको जनाएको छ । सूचनामा भनिएको छ ‘आज मिति २०८३ साल असोज १० गते बिहान ७ वजेदेखि २०८३ साल असोज ११ गते बिहान ७ वजेसम्मको लागि यस जिलाका ग्रामीण÷स्थानीयतथा मुख्य सडकहरुमा लामो तथा छोटो दुरीका सवै सवारी साधन अवागमन पूर्ण रुपमा रोक लगाईएको व्यहोरो जानकारी गराईन्छ ।’ सूचनामा आकास्मिक तथा अत्यावश्यक अवस्था परेमा जिल्ला प्रशासन कार्यालय तथा नजिकको प्रहरी प्रशासनसंग सम्पर्क गर्न समेत भनिएको छ ।

