

१ मंसिर, डोटी । देउवा समूहको नेपाली कांग्रेसले मंसिर १५ र १६ गते सुदूरपश्चिम प्रदेश अधिवेशन गर्ने तयारी गरेको छ ।
कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायरले प्रदेश अधिवेशनको उदघाटन कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । बलायरले शनिबार प्रदेश एक विज्ञप्तिमार्फत अधिवेशनको मिति सार्वजनिक गरेका थिए । बिज्ञप्ती अनुसार अधिवेशन कैलालीको धनगढीस्थित सौराइ स्क्वायरमा अधिवेशन हुनेछ । बलायरका अनुसार सुदूरपश्चिम प्रदेश अघिवेशन १५ मंसिर बिहान ११ बजेबाट उद्घाटन समारोह सुरू हुनेछ ।
प्रदेश सभापति बलायरद्वारा जारी विज्ञप्ति अनुसार प्रदेशका नौवटै जिल्लाका सबै वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनहरु सम्पन्न भइसकेका छन् ।
कांग्रेस देउवा समूहले मंसिर २१–२३ मा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ । महाधिवेशनका लागि देउवा समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ‘१५औं नियमित महाधिवेशन तयारी समिति’ समेत गठन गरेको छ ।

