आगामी २० मंसिरबाट हास्य टेलिसिरियल ‘सक्किगोनि’ सुरु हुदै
टेलिसिरियल अब भने नेपाल टेलिभिजनबाट प्रसारण हुने छैन


आगामी २० मंसिरबाट हास्य टेलिसिरियल ‘सक्किगोनि’ पुनः प्रसारणमा आउने भएको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको यो टेलिसिरियल कोरोना महामारीपछिको लकडाउनसँगै बन्द भएको थियो ।।
टेलिसिरियलका कलाकार तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’का अनुसार टेलिसिरियल अब हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ । पुरानै कलाकार र पुरानै विषयवस्तुमाथी बन्ने सिरियल प्रसारण गरेको पैसा तिर्न नपर्ने भएपछि हिमालय टेलिभिजनमा गएको घिमिरेले बताए ।
पुनः प्रसारण हुन लागेको यो टेलिसिरियल अब भने नेपाल टेलिभिजनबाट प्रसारण हुने छैन
घिमिरेले भने प्रत्येक साता साढे दुई लाखभन्दा बढी रकम ब्रोडकास्टका लागि तिर्नु नपर्ने भएपछि धेरै सहज हुने घिमिरेको आकलन छ । तर, युट्युबमा भने पुरानै च्यानल ओएसआर डिजिटलबाट सार्वजनिक हुनेछ । ‘हामीले हिमालय टेलिभिजनलाई टिभीमा प्रसारणको मात्र अधिकार दिएका हौँ,’
