भुवन दाहालको स्वरमा रहेको रतन चिरालको ‘माया तेरो मेरो’ ठाडी भाका सार्वजनिक (भिडियोसहित)

तीर्थ नेपाली
चैत्र १७, काठमाडौँ 
रतन चिरालको माया तेरो मेरो’ बोलको ठाडी भाका सार्वजनिक भएको छ । देउडाका राजा भनेर चिनिने चर्चित देउडा गायक भुवन दाहालले स्वरवद्ध गरेको ठाडी भाका शुक्रवार गायक तथा शब्दकार रतन चिरालको  युटुव च्यानलबाट सार्वजनिक भएको हो । रतन चिरालको शब्द सृजना रहेको ठाडी भाकामा कृष्ण बाजुरेलीले सङ्गीत भरेका हुन् भने एरेन्ज पनि कृष्ण बाजुरेलीले गरेका हुन् । ठाडी भाकामा गायक तथा शब्दकार रतन चिराल, सुनिता कान्छी, पदम बि.सी, जानकी बि.सीले अभिनय गरेको भाकामा सूर्य बि.सी को  निर्देशक रहेको छ । ठाडी भाकाको छायाकंन केशव कटुवाल र भिडियो सम्पादन राजेश अनुरागी, अमित विकले गरेका हुन् ।
Sayalb
चिराल रोजगारीको सिलसिलामा दुबैमा बस्दै आएका छन् । उनले प्रवासमा रहेर अहिलेको समयमा माया प्रेमको नाममा भैईरहेको विसङ्गति घटनाक्रमलाई नियालेर प्रेमको नाममा कोही कसैले पनि एक अर्काको जीवनलाई बर्वाद नबनाई उसको व्यक्तिगत सामाजिक जीवन लाई सघाउ पुर्‍याउने सम्बन्ध स्थापित गर्ने यस ठाडी भाकाको मूल आशय रहेको बताए ।
माया पिरिम लाउँदिन, परदेशीको दुखी आत्मा लगायतका दर्जनौँ गीतहरूमा रतन चिरालले लय, शब्द, स्वर दिएका छन् । चिराल भन्छन्, गीत सङ्गीतको नसा कसरी लाग्यो थाहा पाएन् आर्थिक उपार्जन नभए पनि दोहरीका राजा राजु परियार देखि चर्चित देउडा गायिका रेखा जोशी सँग गीत गाउन सम्म सफल भएको छु । बाकी दर्शक श्रोताको माया सल्लाह सुझाव अनुसार साङ्गीतिक कोसेली पनि ल्याउने उनी बताउँछन् ।
ठाडी भाका खास गरी बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, कालिकोट, जुम्ला, दैलेख, जाजरकोट र हुम्ला जिल्लाहरूमा मुख्य रूपमा गोठालो जाँदा वन जङ्गल जाँदा गीत गाएर आफ्नो मनको विरह पोख्नु नेपालको सुदूर तथा मध्य पश्चिम क्षेत्रको एक प्रमुख संस्कृति रही आएको छ । लामो स्वर तानेर गाइने हुनाले ठाडी नाम दिइएको यो भाकालाई देउडाको एक विधा मानिन्छ । समाजको अगाडि गाउन लाज मान्ने यस गीतमा बाजा बजाइँदैन । काकाकारहरूले ठाडी भाका गाउँदा बाँसुरी र हार्मोनियम बजाउने गरेको पनि पाइएको छ ।
 https://www.youtube.com/watch?v=ueyBzV1_S3A
Shaileshwori
Bolpatra
Loading...