थलारा गाउँपालिका बझाङमा कक्षा ११ को परिक्षाको पूर्ण तयारी

शिवजी मण्डेल/कार्तिक २३, बझाङ

बझाङमा जिल्ला थलारा गाउँपालिकाको बिद्यालयमा कार्तिक २४ गतेबाट हुने कक्षा ११ को परिक्षाको पूर्ण तयारी भइसकेको शिक्षा शाखाले जनाएको छ । परिक्षाका लागि प्रश्न पत्र छापाई बिद्यालय सम्म पठाइसकेको र बिद्यालयमा पुग्ने क्रममा रहेको रोकायाको शिक्षा साखा नि. प्रमुख हर्क बहादुर रोकायाल बताउनु भयो ।
२०७६ सालमा भर्ना भएका बिद्यार्थीको परिक्षा बैशाख जेठ मै लिनु पर्ने भएपनि कोरोना महामारीका कारण हुन सकेको थिएन, राष्ट्रिय परिक्षा बोर्डले बिद्यार्थीको अनुकुलतामा परिक्षा सञ्चालन गर्ने भनेपछि गाउँपालिका भरीका ४ वटै बिद्यालयमा कार्तिक २४ गतेबाट परिक्षा हुने भएको हो ।
विगत वर्षमा होमसेन्टरमा परिक्षा दिन नपाइने प्राबधान नभएपनि यो वर्ष बिद्यालयले होमसेन्टरमै परिक्षा दिने व्यवस्था भएको पनि संयोजक रोकायाले जानकारी दिए ।
यो वर्ष थलारा गाउँपालिकाका ४ वटा बिद्यालयका २सय ५ जना कक्षा ११ का बिद्यार्थीले होमसेन्टरमै कार्तिक २४ गतेबाट परिक्षा दिने भएका छन् ।
