कहिल्यै बढि त कहिल्यै कम भयो

मुक्तक
कहिल्यै बढि त कहिल्यै कम भयो
बा लाई अल्सर आमालाई दम भयो
डाक्टर पढेको छोरा बिदेसीए पछि
बुढेसकालको साहारा बृद्धाश्रम भयो
मुक्तक
नारिको कल्पित अधर देखेन सरकारले
बात्लाकार अत्याचार छेकेन सरकारले
भ्रष्टचार बढावा दिने बस्छन् कुर्सीमा नै
गतिलो राम्रो ब्यक्ति नै भेटेन सरकारले

मुक्तक
पहिले जस्तो थियो त्यो भन्दा बेहाल बन्ने रहेछ
सोझा साझा जनता लुट्ने संजाल बन्ने रहेछ
देशमा भएका क्रान्तिहरू सहमतिमा टुङ्गिएपछि
नेता मालिक बन्ने रहेछ देश कंगाल बन्ने रहेछ
मुक्तक
प्रकृतिक रुपमा सुन्दर छ सान्त छ प्यारो छ
शिक्षाको बारेमा त जनचेतना अध्यारो छ
देखन त देखिन्छन् रोड दैलेखका गाँउमा पनि
तर खोला नाला भिरको बाटा अप्ठयारो छ
✍️बबिता थापा
ना .न .पा .६, बिजौरा दैलेख

