डोटी आइडलका सहभागीका लागी मापदण्ड तय

Sayalb

४ माघ, डोटी । डाेटीमा पहिलाे पटक आयोजना हुन लागेकाे डोटी आइडलको मापदण्ड सार्वजनिक भएको छ ।
आयोजक संस्था डोटी उद्योग वाणिज्य संघले आइतवार पत्रकार सम्मेलन गरी मापदण्ड सार्वजनिक गरेको हो । मापदण्ड अनुसार डोटी आइडलमा सहभागि हुने व्यक्ति १२ बर्ष पुरा भई ४० बर्ष ननाघेको हुनु पर्नेछ । सहभागिताले माघ १५ गतेभित्र नाम गर्दा गराईसक्नु पर्ने आयोजकले जनाएको छ । ‘नाम दर्ता गराएकामध्ये पहिलो राउण्डमा डोटीका प्रत्येक पालिकाबाट तीन/तीन जना प्रतियोगी छनौट गरि महोत्सव स्थलमा प्रस्तुती दिन लगाईनेछ’ डोटी आईडलका सम्पर्क व्यक्ति तथा डाेटी उद्याेग वाणिज्य संघका प्रेस सल्लाहकार मोहन शाहीले भने ‘आईडलको टप थ्रीमा पर्न सफल हुनेलाई गीत रेकर्डिङको अवसर, प्रमाण पत्र तथा नगद पुरस्कारको व्यवस्था गरिएको छ ।’
आईडलका लागि प्रतियोगीहरुले अनलाईनमा समेत नाम दर्ता गर्न सक्ने शाहीले वताए । उनले त्यसका लागि गुगल फर्म समेत तयार गरिएको जानकारी दिए । उनी थप्छन् ‘अनलाईनको जानकारी नभएकाहरुले उद्योग वाणिज्य संघको कार्यालयमा आएर पनि फर्म भर्न सक्नेछन् । उनले सहभागि हुन चाहानेहरुले दुई वटा फरक–फरक बिधाका गीत गाएको भिडियो पेश गर्नु पर्नेछ ।’
फागुन १ देखि १० गतेसम्म दिपायलमा आयोजना हुने डोटी महोत्सवमा करीव ६० हजारले सहभागिता जनाउने आयोजक संस्थाका अध्यक्ष बिक्रमवहादुर साउँदले जानकारी दिए । उनले महोत्सव आयोजना गर्नका लागि करीव ८५ लाख रुपैयाँ खर्च हुने समेत वताए ।

Shaileshwori
Loading...