झण्डै ८१ प्रतिशतले कारोना जिते

रामहरि ओझा/ डोटी
बिश्वव्यारी रुपमा फैलिएको कोरोना महामारी (कोभिड–१९) बाट संक्रमित भई कञ्चनपुर जिल्ला अस्पतालमा उपचार गराईरहेका १५ जनाले सोमवार कोरोना जितेर घर फर्केका छन् ।

योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोनाबिरुद्धको लडाई जित्नेको संख्या नौ हजार ६ सय ४८ पुगेको सुदूरपश्चि प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । हालसम्म कोरोनाको संक्रमण प्रमाणित भएका ११ हजार आठ सय १६ जनामध्ये करीव ८१ प्रतिशत कोरोना मुक्त भएको निर्देशनालयको तथ्याङ्कले देखाउँछ ।

कैलालीमा हालसम्म पत्ता लागेका चार हजार नौ सय १७ मध्ये चार हजार दुई सय ६६ जना निको भएका छन् । यस जिल्लामा कारोना संक्रमणकै कारण २२ जनाको दुःखद् निधन भएको छ । सोमवार नयाँ पत्ता लागेका ३६ जना समेत गरि हाल कैलालीमा ६ सय ३० जना उपचाररत रहेका छन् ।

अछाममा एक हजार एक सय ३७ जाले कारोना बिरुद्धको लडाईमा सफलता पाएका छन् । सोमवार पत्ता लागेका २२ समेत गरि कुल एक हजार तीन सय ७४ जना संक्रमित रहेको यस जिल्लामा कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन् । हाल यस जिल्लामा दूई सय ३५ सक्रिय संक्रमित रहेका छन् । संक्रिमति संख्याको हिसावले अछाम प्रदेशकै जोश्रो जिल्ला हो ।

संक्रमित संख्याको हिसावलले तेश्रोमा देखिएको डोटीमा पनि एक हजार दुई सयले कारोनालाई परास्त गरेका छन् । एक हजार तीन सय ३८ जनामा कोरोना संक्रमति देखिएको यस जिल्लामा एक जनाको ज्यान गएको छ । सामेवार पुष्टि भएका एक जना समेत गरि डोटीमा हाल एक सय ६७ जनाल कारोनाबिरुद्ध लडिरहेका छन् ।

कञ्चनपुरमा हालसम्म पत्ता लागेका कुल एक हजार तीन सय १२ संक्रमितमधये एक हजार एक सय ५३ जना निको भएर घर गएका छन् । कञ्चनपुरमा ६ जनाले कोरोनाकै कारण ज्यान गुमाउनु परेको छ । यस जिल्लामा सामेवार पत्ता लागेका सात सहित एक सय ५३ जना उपचाररत छन् ।

Sayalb

बझाङमा पनि चार सय ९६ जनाले कारोना बिरुद्धको लडाई जितेका छन् । यस जिल्लामा पुष्टि भएका आठ सय दुई जना संक्रमितमध्ये तीन जनाले ज्यान गमाएका छन् । सोमवार पत्ता लागेका नौ समेत गरि यस जिल्लामा तीन सय तीन जना सक्रिय संक्रमित रहेका छन् ।

बैतडीमा सोमवार पत्ता लागेका दुई समेत गरि कुल पाँच सय ९६ संक्रमितहरुमध्ये चार सय ९४ जनाले कोरोना बिरुद्धको लडाईमा सफलता पाएका छन् । यस जिललामा कोरोनाका कारण एक जनाले ज्यान गुमाउनु परेको छ । हाल बैतडीमा एक सय एक जना कारोनाबिरुद्धको लडाईमा छन् ।

डडेल्धुरामा कुल संक्रमित पाँच सय ९१ मध्ये तीन सय ७८ जनाले कोरोना बिरुद्धको लडाई जितेका छन् । यस जिल्लामा सोमवार पत्ता लागेका ११ समेत गरि दुई सय १० जना संक्रिय संक्रमित रहेका छन् । डडेल्धुरामा तीन जनाले कारोनाकै कारण ज्यान गुमाएका छन् ।

यस्तै बाजुरामा पत्ता लागेका चार सय ८९ संक्रमितमध्ये चार सय ५२ निको भएर घर गएका छन् । यस जिल्लामा हाल ३५ जना संक्रिय संक्रमित रहेका छन् भने बाजुराले पनि कोरोनाकै कारण दुई जना गुमाउनु परेको छ । हाल बाजुरामा ३५ जनासक्रिय संक्रमित रहेका छन् ।

संक्रमित संख्याको हिसावले हालसम्मसवैभन्दा कम देखिएको दार्चुला जिल्लामा पनि ७३ जनाले कारोना बिरुद्धको लडाई जितेका छन् । कुल तीन सय ३२ संक्रमिततमध्ये ७३ जनाले कोरोना जितेका छन् यस जिल्लामा दुई सय ५७ जना संक्रमित संक्रमित रहेका छन् भने दुई जनाले कोरोनाकै कारण ज्यान गुमाउनु परेको छ ।

अन्य जिल्लाका ३३ जना र अन्य देशका दुई जना सक्रिय संक्रमित समेत यस प्रदेशका बिभिन्न अस्पतालमा उपचाररत छन् ।

Shaileshwori
Loading...