सोमवार देशभरका ७४२ जनामा कोरोना पुष्टि, १०७९ जना कोरोना मुक्त

सोमवार देशभर थप ७ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरीका विभिन्न कोभिड-१९ प्रयोगशालामा ६ हजार ३ सय ५१ नमुनाहरुको परिक्षण गरिएकोमा ७ सय ४२ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा जम्मा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५४ हजार ५ सय ५४ पुगेको छ ।

Sayalb

आज देशभरका एक हजार ७९ जनाले कोरोना जितेका छन् । यो संगै कोरोना मुक्त हुनेहरूकोे कुल संख्या २ लाख ४४ हजार ७ सय ४३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । थप ७ जना कोरोना संक्रमितको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ९५ पुगेको छ ।

Shaileshwori
Loading...