डोटीमा ट्याक्टर दुर्घटना हुँदा चाकलको मृत्यु


डोटी : केआईसिंह गाउँपालिका वडा नं. २ सेलपाखाको उचाकुलामा ट्याक्टर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ । स्थानीय मन्दिरको ढुङ्गा बोक्ने क्रममा ट्याक्टर दुर्घटना भएको स्थानीय पुर्ण बमले जानकारी दिएका छन् ।
ट्याक्टरमा सवार एक जना सामान्य घाईते भएका छन् । टयाक्टर २ सय ५० मिटर तल खसेको छ । भरखरै दुर्घटना भएका कारण मृतक चालकको पहिचान खुल्न सकेको छैन् ।
