मध्यावधि चुनाव नरोकिने प्रधानमन्त्री ओलीको दाबी 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा घोषित मध्यावधि चुनाव नरोकिने दाबी गर्नुभएको छ । आज काठमाडौंमा आफ्नो समूह निकट विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत रहनुभएका उहाँले संसद पुनस्र्थापना नहुने दाबी पनि गर्नुभयो ।

Sayalb

संसद पुनस्र्थापनाको माग गर्दै परेको मुद्दामा सर्वोच्च अदालतमा फिराद पत्र दर्ता गराएर आएको भन्दै उहाँले परशुरामका बाबुको पालामा जस्तो मरेका आमा बौराइपाऊँ भन्दा नपाइने टिप्पणी गर्नुभयो । संसद पुर्नस्थापना गर्न संविधान र कानूनले नमिल्ने भन्दै उहाँले अब नयाँ चुनाव हुने बताउनुभयो ।

कतिपय व्यक्ति तथा शक्तिले चुनाव हुँदैन भनेर भ्रम फिजाउन खोजेको दाबी गर्दै उहाँले त्यस्ता भ्रममा नपर्न आग्रह गर्नुभयो । चुनाव वैशाख १७ र २७ गते हुने र यस चुनावलाई टाल्न, पर सार्न वा अलमल्याउन कसैले नसक्ने पनि बताउनुभयो ।

Shaileshwori
Loading...