जनक सिंहको निर्देशनमा मुनामदन २ सार्बजनिक

नेपाली सुगम संगितमा आफ्नो छुट्‍टै पहिचान बनाउन सफल निर्देशक जनक सिंहको निर्देशनमा नयाँ गित मुनामदन( २)  को म्युजिक भिडियोको बिमोचन भएको छ ।आज काठमाडौं बानेश्‍वर स्थित होटेल हङ्गर हबमा एक समारोह बीच सो म्युजिक भिडियोको बिमोचन गरिएको हो ।

चर्चित गाएक जनक बिबश न्यौपाने र चर्चित गायिका रचना रिमालको स्वर रहेको गीतमा शब्द र संगित पनी गाएक जनक बिबश न्यौपानेकै रहेको छ भने राजु कार्कीको एरेन्ज रहेको छ। उक्त गीतको भिडियोमा चर्चित नायक आकाश श्रेष्‍ठ र नब नायिका याङसु श्रेष्‍ठको शसक्त अभिनय रहेको छ।

जनक सिंहको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ। मनोज कार्की निर्माता रहेको भिडियो जनक बिबश न्यौपाने युट्‍युब च्यानल मार्फत आजै सार्बजनिक गरिएको छ।

 


बहु चर्चित संगितकार सन्तोस श्रेष्‍ठको प्रमुख अथित्यमा सम्पन्‍न बिमोचन कार्यक्रममा बिशिष्‍ट अथिती गितकार प्रकाश कुमार अधिकारी, बिशिष्‍ट अथिती राप्ती समाजका अध्यक्ष प्रबिन कुमार रेग्मी ,नमस्ते नेपाल भोकेशनल प्रा.ली का प्रबन्ध निर्देशक शहदेब जोशी, चलचित्र कर्मी कल्पना आश्‍चार्य,कामना केसी, चर्चित मोडेल सनम कठायत,चर्चित देउडा गाएक ध्वज महरा, निर्देशक देबेन्द्र पाण्डे, निर्देशक प्रकाश धिताल ,नब नायिका याङसु श्रेष्‍ठ, मोडेल भिम खड्का, लगायत चर्चित नेपाली रंग पत्रकारहरुको उपस्थिती रहेको कार्यक्रम प्रकाश मगरले सञ्‍चालन गर्नु भएको थियो।

 

Sayalb

प्रमुख अथिती बहु चर्चित संगितकार सन्तोस श्रेष्‍ठले निर्देशक सिंह नेपाली सुगम संगितमा अब्बल निर्देशकको रुपमा स्थापित भइ सकेको कुरा भिडियो बाट प्रष्‍ट रहेको भन्दै उहाँको कामको प्रशंशा गर्नु भएको छ।

गित हेर्न तलको लिङ्कमा क्लीक गर्नुहोला ।

Shaileshwori
Bolpatra
Loading...