वर्ल्ड भिजन द्धारा सुदूरपश्चिममा एक करोड ६० लाखका स्वास्थ्य सामाग्री हस्तान्तरण

डिलबहादुर सिंह
डोटी, जेठ १६

दोस्रो लहरको कोरोना सङ्क्रमणको उपचार तथा रोकथामका क्रममा स्वास्थ्य सँस्थाहरुमा अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीरुको अभाव भईरहेको समयमा वर्ल्ड भिजन इन्टरनेसनल नेपाल नामक सँस्थाले सुदूरपश्चिम प्रदेशमा १ करोड ६० लाख भन्दा बढीको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । वर्ल्ड भिजन इन्टरनेसनलका कोभिड –१९ प्रतिकार्य प्रबन्धक तथा फिल्ड अपरेसन म्यानेजर चेतराज भट्टराइका अनुसार सहयोग गरिएका सामाग्रीहरु मध्येमा ४ सय ४० वटा अक्सिजन सिलिन्डर, १० वटा अक्सिजन कन्सन्ट्रेटर, ३ सय ८० वटा इन्फ्रारेड थर्मामीटर, ३ सय ८० वटा पल्स अक्सिमिटर, ४ सय ५ थान पिपिइ सेट, २५ वटा अस्पताल बेड, माक्स, सेनीटाइजर लगायतका स्वास्थ्य सामाग्री रहेका छन् । स्वास्थ्य सामाग्रीहरु सुदूरपश्चिम प्रदेश सरकार मार्फत बिभिन्न बिभिन्न पाँचवटा जिल्लाहरुमा वितरण गरिएका छन् ।
स्वास्थ्य सामाग्रीहरुमा सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाका स्थानीय तहहरुमा सञ्चालनमा रहेका कोभिड अस्पतालमा प्रयोगमा ल्याइने छ । स्वास्थ्य सामग्री सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाइ हस्तान्तरण गरिएको हो । सहयोग गरिएको सामाग्री मध्ये सुदुरपश्चिम प्रदेश सरकारलाई सिधै १०० थान अक्सिजन सिलिन्डर, १० थान अक्सिजन कन्सन्ट्रेटर, २५ अस्पताल बेड, र, १०० थान इन्फ्रारेड थर्मामीटर, १०० थान पल्स अक्सिमिटर, १०० थान पिपिइ सेट, माक्स, सेनीटाइटजर र बाँकी बिभिन्न जिल्लामा बितरण गरिने बताइएको छ ।
सुदूरपश्चिम प्रदेशका बिभिन्न पाँचवटा जिल्लाहरू कैलाली, कञ्चनपुर, अछाम, डोटी र बझाङ्गमा स्थापना भएका कोभिड–१९ अस्पताल तथा स्थानिय तहका स्वास्थ्य सेवा प्रदायक लक्षित गरेर बितरण गरिने छ । प्राप्त भएको स्वास्थ्य सामाग्रीले सुदूरपचिम प्रदेशका बिभिन्न जिल्लाका स्वास्थ्य सँस्थामा कोरोना भाइरस कोभिड–१९को सङ्क्रमणको उपचार तथा रोकथाममा सहयोगी भएको मन्तब्य ब्यक्त गर्नु हुँदै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले हस्तातरण भएका सामाग्रीले कोभिड–१९ का विरामीहरुको जिवन रक्षामा सहयोग पुर्याउनेहुँदा प्रदेश सरकारले प्राप्त गरेको सामाग्रीको उचित सदुपयोग गरिने बताउनु भयो ।
प्रदान गरिएका स्वास्थ्य सामाग्री मध्ये सुदूरपश्चिम प्रदेशका कैलालीमा ८५ अक्सिजन सिलिण्डर, अछाम, डोटी, बझाङ्ग प्रति जिल्ला ७० अक्सिजन सिलिन्डर, ७० इन्फ्रारेड थर्मामीटर, ७० पल्स अक्सिमिटर र ७० थान पिपिइ सेट, तथा कन्चनपुरमा ४५ थान अक्सिजन सिलिन्डर र २५ थान पिपिइ सेट वितरण गरिएका छन् ।

डोटी जिल्लामा २२ लाख भन्दा बढीको स्वास्थ्य सामाग्री सहयोग

Sayalb

 वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा जिल्ला कोभिड संकट व्यवस्थापन समिति डोटीलाई अक्सिजन सिलिण्डर सहित विभिन्न स्वस्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । वर्ल्ड भिजन इन्टरनेसनलको सहयोगमा डोटी जिल्ला स्थित साझेदार सँस्थाहरु सिड नेपाल र सिडिसीको समन्वयमा २२ लाख ६४ हजार ७ सय २८ रुपैयाँ बराबराका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सिड नेपाल डोटीका अध्यक्ष शेर बहादुर मल्लले जानकारी दिनु भएको छ।

उपलब्ध गराईएका स्वास्थ्य सामाग्रीहरुमा ४६ लिटरका ७० वटा अक्सिजन सिलिण्डर र ७० थान पल्स ओक्समिटर, थर्मल टेप्रेचर गन, पिपिई सेट, दश लिटर सेनिटाईजर,  मास्क र साबुन लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

जिल्लामा कोभिड सँक्रमितहरुको उपचार तथा सङ्क्रमण

डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरिदै ।

रोकथाममा सहज होस् भन्ने उदेश्यले उक्त स्वास्थ्य सामग्री हरु सहयोग गरिएको  बताएका छन् । सहयोग गरिएका स्वास्थ्य सामाग्रीहरु बुझ्दै डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बिश्वब्यापीरुपमा रहेको  कोरोना सँक्रमणको महामारिको समयमा प्राप्त भएका सामाग्रीहरुले ठूलो सहयोग पुग्ने बताउनुभयो ।

Shaileshwori
Loading...