मिसन टु सपोर्टद्वारा बालआश्रमका बालबालिकालाई लुगा कपडा वितरण
डबल बम,
मिसन टु सपोर्टले बालबालिकालाई न्यानो लुगा वितरण गरेको छ । “जहाँ लाग्छ नेपालीलाई चोट त्यहाँ पुग्छ मिसन टु सपोर्ट” भन्ने मुलनाराका साथ स्थापना गरिएको गैरसरकारी संस्थाले धनगढीमा रहेका अनाथ बालबालिकालाई चिसोबाट बच्ने न्यानो लुगा वितरण गरेको हो ।
धनगढीको तारानगरमा अवस्थित बाल आश्रममा भएका ३० जना बालबालिकालाई चिसोबाट बच्नको लागि शनिवार करिब दस हजार रुपैयाँ बराबरका न्यानो कपडा, टोपी, हात र खुट्टामा लगाउने मजा, दूध तथा फलफूल वितरण गरेको हो ।
चिसो बढ्दो क्रममा रहेकाले बालबालिकालाई चिसोका कारण लाग्ने विभिन्न रोगबाट बच्न केही राहत मिलोस् भन्ने उद्देश्यले लुगाफाटो वितरण गरेको एमटिएस कैलाली जिल्लाकी अध्यक्ष सुष्मा खड्काले बताइन् । संस्थाले कैलाली, डोटीमा मात्र नई देशभरिका अन्य विभिन्न जिल्लामा सहयोग गर्दै आएको एमटिएस एक सदस्य भोजराज बिनाडीले बताए ।