सुदूरको पुतला नाँच (फोटो फिचर)

डोटी –सुदुरपश्चिमलाई चिनाउने बिभिन्न संस्कुती मध्य पुतला पनी एक यहाँको मौलिक संस्कृती हो । डोटी,अछाम,बझाङ लगायतका केहि ठाउँमा यो परम्परा मनाउने गरिन्छ।

              

नारीका मार्मिक पिरव्यथा झल्काउने यो पुतला नाच गाउँघरमा नारीले छिटो फरिया, रातो चौबन्दी, र सेतो पटुकाको फेरो हातमा समाएर सामूहिक रूपमा पंक्तिबद्ध बिरहका गीत गाउँदै नाच्दा सुदूरपहाडका बस्तीमा बेग्लै रौनकता आउँछ। पछिल्लो समयमा भने नयाँ पुस्तामा यो हस्तान्तरण हुन सकेको छैन। पुरानो पुस्ताले नयाँ पुस्तालाई नसिकाउनु र नयाँ पुस्ताले सिक्न नचाहनु पनि मुखय कारण हो भएको बताउँछन पुर्वीचौकी गाँउपालिका वडा नम्बर २ की कलापती साउद ।


डोटी जिल्लामा रनपुतला पर्व पुस महिनाको १५ गतेदेखि माघ ३ गतेसम्म धुमधामका साथ मनाइने गरिन्छ ।सुदूरको परम्पराअनुसार पुस १५ गते वर्षभरीको लामो रातको रुपमा लिई रातभरी गाउँखाने कथाहरू भन्ने, जाग्राम बस्ने, तरुल, सकरखण्ड खाने रातको रुपमा लिने संस्कृति रहेको छ । त्यही दिनको रातदेखि रनपुतला पर्वको सुरुवात भएको मानिने गरेको स्थानीय धौलीदेवी बिष्टले बताइन् । परापूर्व कालदेखि नै चलि आएकोले कतिपय ठाउँमा संरक्षणको लागि मठ मन्दिर,पुराना धारा, पाटी पौवा नजिक पुतला सेलाउने गर्दछन् ।


यो पर्व सयौं वर्षभन्दा अगाडिदेखि सुरुवात भएको पुतला पर्वमा विवाह भएका नभएका छोरी चेलीहरू राम्रो तथा सफा गुन्यू चोली लगाएर पुतली जस्तै भएर सजिने र गाउँ गाउँमा पुतली नाचे जस्तै गरी डेउडा लगायतका खेल खेल्ने पर्व हो ।

विवाह गरेर पराई घर गएकी छोरीबहिनी (महिला) माघी पर्व र बिसौं पर्वको अवसरमा समयमै आफ्नो माइतीघरमा आएर केही दिन अगाडि पुतला नाचको तयारी गर्ने र पर्वको दिनमा सबै दर्शकहरूलाई देखाउने गरी प्रस्तुत गर्ने गर्दछन् । यो पुतला नाचलाई रन पुतला खेल पनि भन्ने गर्दछन ।


सुदूरका पहाडी जिल्लाहरूमा पुतला नाचको निकै महत्वका साथ हेर्ने गरिन्छ । सुदूरपश्चिम कला संस्कृति र पर्यटकीय क्षेत्रको रुपमा धनी मानिएको पनि यस्तै नाच, खेलहरूले नै हो । सुदूरपश्चिमेली डेउडा, ठाँडी भाका, हुड्केली, छलिया, भुवा, पुतलालाई सुदूरकोे मुख्य संस्कृतिको रुपमा हेरिन्छ ।

Sayalb


परम्परागत रूपमा चल्दै आएको रनपुतला पर्व पछिल्लो समयमा सुदूरपश्चिमेलीका छोरीसँग भेट गराउने तथा सुदूरको पहिचानको पर्वको रुपमा प्रचारप्रसार हुँदै आएको छ । गाउँगाउँमा सद्भावको सेतु यसै पर्वले दोहो¥याएको छ ।

पुतला नाच खेल्दै छोरीहरूले पोइली घरमा भोगेका पीडाहरू र माइती घरमा विवाह नभएका युवतीहरूका नभोगेका बारेमा बनाइएका रन पुतलाको ढपमा गीत गाइने गरेको पुर्वीचौकी गाँउपालिका २ भारतोलीकी दुर्गादेवी विष्टले बताइन । उनले भनिन्, “देउडामा एकतिर विवाह भएकी छोरीहरू र एकातिर विवाह नभएकी छोरीहरूबीच जानकारीमूलक सन्देशका गीतहरू गाइने गरिन्छ ।”

पुरानो पुस्तासँगै यो नाच समेत हराउने चिन्ता बढेको छ । पछिल्लो सयम निकै कम गाउँमा मात्र यसलाई खेल्ने गरिन्छ। मेला महोत्सव तथा सार्वजनिक कार्यक्रममा छिटपुट रुपमा यो नाच प्रदर्शन गर्ने गरिएको पाईन्छ। हाम्रो कला संस्कृतीमा मौलिक भेषभुशा लुकेका छन्, यस्ता संस्कृतीलाई जोगाउनको लागी पुरानु पुस्ताले जगाएको संस्कृतीलाई नयाँ पुस्ताले पनी अंगाल्न जरुरी हुनुका साथै स्थानिय सरकारले कलाको संरक्षणमा ध्यान दिन पर्दछ ।

Shaileshwori
Loading...