
तेजु ओली, डोटी
“योगदान राष्ट्रको लागी’ डोटीले जिल्ला अस्पताल डोटीद्वारा सञ्चालित एम्बुलेन्स तत्काल सञ्चालन गर्न अनुरोध गरेको छ। लामो समयदेखि एम्बुलेन्स सेवा बन्द रहेकाले सेवाग्राही मारमा परेकोले “योगदान राष्ट्रको लागी’ डोटीले ध्यानाकर्षण गराएको हो । जिल्लाको अस्पतालमा एम्बुलेन्स सञ्चालन नहुनु गम्भीर समस्या भएको, लामो समय सम्म समाधान नगरिनु अस्पताल प्रशासनको कमजोरी देखिन्छ ध्यानाकर्षण पत्रमा लेखिएको छ ।


यस्तो लापर्वाहिले दिनानुदिन सेवाग्राहीले महँगो भाडा तिर्नुका साथै समयमा गाडी नपाइने समस्या रहेकोले उक्त समस्यालाई अस्पताल प्रशासनले तदारुकताका साथ एम्बुलेन्स सेवा सञ्चालन गरी अकस्मात् हुने घटना दुर्घटनामा एम्बुलेन्सकै अभावको कारण कुनै पनि नागरिकले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने हेतुले यथाशीघ्र एम्बुलेन्स सेवा सुचारु गराई आकस्मिक स्वास्थ्य सेवा बाट वञ्चित नगराउन योगदान राष्ट्रको लागि नेपाल नामक संस्थाका केन्द्रीय सदस्य दीपेन्द्र खड्काद्वारा हस्ताक्षर पत्रमा लेखिएको छ।
जिल्ला प्रशासन कार्यालय, डोटी दिपायल सिलगढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय डोटीको ध्यान केन्द्रित गरेको संस्थाका जिल्ला उपाध्यक्ष सुस्मा मलासीले बताउनुभयो। जिल्ला अस्पताल मा १३ वर्ष पुरानो एम्बुलेन्स पटक पटक बिग्रिने गरेकाले समस्या भएको अस्पताल प्रशासनले जनाएको छ।
