Before Header
After Navigation

राष्ट्रिय निर्वाचन प्रर्यवेक्षण समिति (नियोक) मा पुनः नमस्कार

नेपालगन्ज : राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति ९नियोक० बाँके शाखाको अध्यक्षमा पुनः नमस्कार शाह चयन भएका छन् । नियोक बाँकेको बिहीबार नेपालगन्जमा बसेको भेलाले शाहलाई पुनः अध्यक्षमा चयन गरेको हो ।

Sagan sahari bhawan nirman aayojana

भेलाले १३ सदस्सीय जिल्ला समिति चयन गरेको छ, यसरी गठन भएको समितिको उपाध्यक्षमा सिता बोहरा र देवी दत्त आचार्य, सचिवमा हेमराज भट्ट, सह सचिवमा प्रतिभा गुर्ताल र कोषाध्यक्षमा शङ्कर शर्मा चयन भएका छन् । यसै गरी समितिको सदस्यहरूमा क्रमशः रवीन्द्र कर्ण, प्रभाकर भट्टराई, मन भण्डारी, मकबुल अहमद मुकेरी, टिका कुमारी बिक, वन्दना सोनी, र आमना खातुन हलवाई चयन भएका छन् ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति (नियोक) बाँकेका अध्यक्ष नमस्कार शाहको अध्यक्षता तथा नियोक लुम्बिनी प्रदेश संयोजक सुरेश गौतमको प्रमुख आतिथ्ययतामा भएको भेलाले जिल्ला समिति बाँकेका निवर्तमान उपाध्यक्ष डोल बहादुर भण्डारीको असमाहिक निधनमा शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।

Shaileshwori
Loading...