जुम्लाका प्रमुख जिल्ला अधिकारीमा कोरोना सङ्क्रमण

काठमाण्डौ, भदौ १८
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाइ कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वाब परीक्षण हुँदा प्रमुख जिल्ला अधिकारी थापाको नतिजा पोजेटिभ आएको बताइएको छ । कोरोना रोकथामका लागि अग्रमोर्चामा खटिएका थापा आफैँ सङ्क्रमित भएपछि आईसोलेसनमा बसेको जानकारी दिएका छन् । प्रमुख जिल्ला अधिकारी थापाले सामाजिक सञ्जालमा जनताको सुरक्षा गर्ने सिलसिलामा काँधमा जिम्मेवारी र हृदयमा ईमान्दारिता बोकेर कर्तव्य पालनाको सिलसिलामा कोरोना युद्धमा खटिँदा आफूपनि सङ्क्रमित भएको जनाएका छन् ।

Sagan sahari bhawan nirman aayojana

आफू सङ्क्रमित भएपछि आईसोलेसनमा रहेको र कार्यालयको कामको लागि सहायक प्रमुख जिल्ला अधिकारीलाइ सम्पर्क गर्न अनुरोध गर्दै चाँडै सेवामा फर्किने आशा गरेका छन् । जुम्ला जाने थापा वित्तिकै दैनिक बैठक सहित जिल्लाका कोरोना सङ्क्रमितसहितलाई समेत भेट र आईसोलेसन व्यवस्थापन गर्न गाउँ गाउँ गएका थिए ।
जुम्लामा एकदिन अघि मात्रै जिल्लाको कारागारका कैदीबन्दीसहित ३९ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

Shaileshwori
Loading...