कोरोना सँक्रमण धेरै भएका देशहरुको सुचिमा भारत दोस्रो नम्बरमा
काठमाडौं, भदौ २५
कोरोना भाइरस कोभिड–१९ को सँक्रमण धेरै भएको सुचिमा भारत दोस्रोमा परेको छ । तिब्र गतिमा सँक्रमण फैलिए पछि तेस्रो नम्बरमा रहेको भारतले ब्राजिललाइ उछिन्दै दोस्रो नम्बरमा पुगेको छ । हाल सम्म भारतमा कोरोना सँक्रमितको सँख्या ४२ लाख भन्दा बढि पुगेको छ भने मृत्यु हुनेको सँख्या ७ हजार भन्दा बढी छ ।
विश्वमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सबै भन्दा बढी सङख्या अमेरिकामा रहेको बताइएको छ । भारतमा सङ्क्रमण सहरबाट विस्तारै साना नगर अनि ग्रामीण क्षेत्रहरूमा सर्दैछ। एकै दिन भारतमा थप ९० हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक भएको थियो।