स्वास्थ्य सामाग्री प्रदान

डोटी, भदौ २५

Sayalb

नाेभेल काेराेना भाईरस काेभिड- १९ मा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी र पत्रकारलाई बाेगटान फुड्सिल गाउँपालिकाले मास्क र सेनिटाईजर प्रदान गरेकाे छ । गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले नेपाल प्रहरीलाई एक हजार थान मास्क, १० बाेटल सेनिटाईजर, शशस्त्र प्रहरी बल ३६ नम्बर गण जाेगीडाब्रेलाई एक हजार थान मास्क र १० बाेटल सेनिटाईजर, प्रेस संगठन डाेटीलाई ५०० मास्क र जिल्ला प्रशासन कार्यालय डाेटीलाई ३०० प्रति मास्क र सेनिटाईजर हस्तान्तरण गरिएको हाे ।

संकटकाे समयमा काम गर्ने सुरक्षाकर्मी र पत्रकारका लागि स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सामाग्री प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष गड्सिलाले बताउनु भएको छ । शसस्त्र प्रहरी वललाई पहिलोपटक यसरी बाहिरबाट सहयाेग प्राप्त भएको शशस्त्र प्रहरीबल जाेगीडाब्रेले जानकारी दिएको छ । प्रहरीकाे मूल्यांकन गरेर यसरी प्राप्त हुने सहयाेगले प्रहरीलाई उत्साहित बनाएको जिल्ला प्रहरी कार्यालय डाेटीका ईन्सपेक्टर कर्णबहादुर बाेहराले बताउनु भएको छ । दशैँ तिहारलाई लक्षित गर्दै गाउँपालिकामा दाेस्राे चरणमा मास्क बितरण गर्ने कार्यक्रम रहेकाे गाउँपालिकाले जानकारी दिएको छ ।

Shaileshwori
Loading...