कैलालीको मोहना नदीमा डुबेर दुई बालकको मृत्यु

कैलाली : आईतबार कैलालीमा नदिमा डुबेर दुई जना बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीका अनुसार धनगढी उपमहानगरपालिका–३ स्थित धनगढीलाई कञ्चनपुरको राजघाट जोड्ने पक्की पुलमुनि मोहना नदीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु भएको हो ।

Sayalb

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–३ विशालनगरका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय बुष्णु गुप्ता रहेका छन् । उनीहरू मध्ये चौधरी नदीमा डुबेपछि निकाल्न गएका गुप्ताको पनि डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ ।

Shaileshwori
Loading...