कृषिलाई प्राथमिकता दिँदै जोरायलले ल्यायो ५८ करोडको बजेट

डोटी : जोरायल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५८ करोड ६३ लाख ८६ हजार बराबरको बजेट ल्याएको छ । शुक्रवार गाउँपालिकाको १२ औँ गाउँ सभाले चालू आर्थिक वर्ष २०७९/८० का लागि उक्त बजेट ल्याएको हो ।
गाउँपालिकाले सङ्घ मूल्य अविबृद्धी कर बाडफाड १० करोड ३३ लाख ६१ हजार, सङ्घीय वित्तीय समानिकरण तर्फ १० करोड ३४ लाख, सङ्घीय सरकारबाट हस्तान्तरण सशर्तका कार्यक्रमतर्फ ३३ करोड ७२ लाख, समपूरक अनुदान ६० लाख, विशेष अनुदान  १ करोड ३० लाख, सवारी साधन कर बाडफाड (सुदूरपश्चिम प्रदेश) ३२ लाख ५६ हजार, प्रदेश वित्तीय समानिकरण अनुदान ७० लाख ९० हजार, प्रदेश समपूरक अनुदान १७ लाख २९ हजार, प्रदेश विशेष अनुदान २५ लाख, आन्तरिक आय ३८ लाख ५० हजार र चालु वर्षको नगद मौज्दात ५० हजार अनुमान गरेको छ ।
Sayalb
गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले आगामी आर्थिक वर्ष २०७९/८० का लागि गाउँपालिकाको वार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन् । वार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्तुतका क्रममा उनले गाउँपालिकाले कृषि, स्वास्थ्य र शिक्षालाई प्रमुख प्राथमिकता दिँदै उज्यालो पालिका र बेरोजगार युवाका लागि विशेष योजना ल्याउने बताइन ।
Shaileshwori
Loading...