
नारद नेपाली, डोटी
असार महिना आर्थिक वर्षको अन्तिम महिना । अधिकांश युवाहरू उपभोक्ता समितिमा काम गरेर आ९आफ्ना स्थानीय तहमा दौडधुप गरिरहेका छन्। त कतिपय उपभोक्ता मा बस्न नपाएकै कारण विरोध तथा आफ्ना पटीका नेता कार्यकर्ता सँग रुष्ट भएका देखिन्छन्। आखिर किन र के का लागि यसो गरिरहेका छन् रु मलाई यो प्रश्नले बारम्बार झस्काई रहन्छ ।
मलाई लाग्छ । उपभोक्ता भन्नाले ९आयोजनाको निर्माण सञ्चालन व्यवस्थापन र मर्मत सम्भार गर्न कालागि उपभोक्ताले आफूहरू मध्यबाट समूहको भेलाबाट गरेको समूहलाई उपभोक्ता भनिन्छ भने उद्यम भनेको उद्यमबिना कुनै पनि देश विकसित भएको छैन। नेपाली शब्द सागरका अनुसार उद्यम भनेको उद्योग, इलम, जीवन निर्वाहका लागिको उपार्जनलाई गरिने काम वा श्रम, मेहनत, व्यापार, व्यवसाय, प्रयत्न, प्रयासलाई जनाइएको छ। उद्यमी भनेको उद्योगी, प्रयत्नवान्, परिश्रमी, कर्मशील मानिन्छ ।
उपभोक्ता समितिले काम गर्दा योजनाको काम समयमै सम्पन्न गर्ने ।योजनाको सञ्चालनमा भ्रष्टाचार हुन नदिने ।नगद तथा जनश्रम जुटाउन योजनाको सञ्चालनमा सम्बन्धित क्षेत्रका महिला,दलित अल्पसङ्ख्यक ,अपाङ्ग तथा लक्षित बर्गलाईमेत सहभागी गराउने सदस्य बोकेको भएता पनि किन मोटाई रहेका छन् कार्यकर्ता ।
उद्यमी बन्न किन युवाको ध्यान गएको छैन भन्ने कुरा कहिले युवाहरूलाई बुझाउन र अफुले बुझ्ने सरकार । अधिकांश युवाहरू उपभोक्ता समिति माई बस्नलाई मरिहत्ते गर्छन् । भन्न त सरकारले धेरै विकास गरेका छौ भनेर भन्दै गर्दा अनुगमनका क्रममा के कति काम भयो भनेर बुझेको छैन कित रु नेताकै पछि लाग्ने हरुले कसरी जीवन गुजारा गरिरहेका हुन्छन् ।यति मात्र होइन सरकार समितिमा बसेरै स्टेन्डर जीवन कसरी जिउँछन् रु गाडी मोटर कसरी किन्छन् रु जो आफ्नो कामनै गर्दैनन् जसको ब्यापर ,जागिर ,रोजगार न छैन उसले किन यति सम्मको जीवन कसरी जिउँछ ।
मलाई अच्ममलाग्छ मरो नजिकैको साथी व्यापार छोडेर उपभोक्ता तिर लाग्छ । अषाढमा रोपाई छोडेर एक किसानको ध्यान पनि त्यतै जान्छ रु बर्छौ व्यापार गर्ने व्यापारी आफूले गर्दै आएको काम छोडेर सबै समितिमै किन बस्न चाहन्छ ।

स्थानीय सरकार, प्रदेश सरकार,र सङ्घ सरकार तिनै तहका सरकारले सिंह दरबारको अनुभूति गाउँ गाउँमा दिलाएको भनेर नारा घन्काएको चारैतिर सुन्दछु। यौहोत सिंह दरबारको अनुभूति रु समिति ले केके काम गरेका छन् बिनोयजित रकम अनुसारको काम गरेका छन् या छैनन् ।
नेपाली धेरै युवा बिदेसिएका छन् तिनीहरूको लागि त केही गर्न नसकेको विभिन्न तथ्याङ्क विभिन्न मान्ध्यमहरुले पुष्टि गरिसकेको छ । तर देशमा बसेर केही गर्ने हरू अल्मल्लि रहेको अवस्था छ ।
नेता कार्यकर्ता को गुलामी गर्ने हरुले धेरै प्रगति गरेको पाइन्छ । के यही हो स्वाभिमानी नेपनलिको मूल मर्म मलाई जवाफ च्याइयो सरकार । भएका सबै युवा राजनीतितिर किन लागि रहेकाछ् उनीहरूलाई उद्यमी किन बनाईरहोको छैन । के राजनीति गरेरै देश उन्नति तिर लम्कन्छ । उहीहरूको क्षमता हेरेर सिप सिकाइने व्यवस्था किन मिलाइएन भन्न त हरेक वर्षको बजेट भाषणमा यस्ता कुरा नआएका होइनन् तर किन लागू हुदैन् । मलाई जवाफ चाहियो कित यस्तै कार्यकर्ता पल्लामा खर्च हुन्छ सरकार ?
मेरा छिमेकीले गरेको उधुम भ्रष्टाचारका कारण मलाई उपभोक्तामा बस्नु छैन। मला पुग्यो त्यसैले मलाई उद्धमि बन्नलाई सीप सिकाएर केही आवस्यक ऋणको व्यवस्था गरिदे सरकार ।
