बोगटानमा दोस्रो संस्करणको बिपिएल क्रिकेट प्रतियोगिता सुरु

डोटी । बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा गाउँपालिका स्तरीय बोगटान प्रिमियर लिग (बिपिएल) पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । खेलकुद जीवन, अनुशासनको पहिचान, कुलत र कुसंस्कार विरुद्धको अभियान भन्ने नाराका साथ बोगटान युवा सञ्जालको आयोजनामा आज (शनिबार) बाट प्रतियोगिता सुरु भएको छ । बिपिएलको पालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले गरेका छन् । उद्घाटन समारोहमा पालिकाका उपाध्यक्ष बिष्णा बम, वडा अध्यक्षहरु, जिल्ला खेलकुद डोटीका अध्यक्ष, उपाध्यक्ष लगायत खेलाडी र खेलप्रेमीको उपस्थिति रहेको छ ।

प्रतियोगितामा १२ टोलीको सहभागीता रहेको युवा सञ्जालका महासचिव समीर केसीले बताएका छन् । सातै वडाका सात टोली, एउटा पालिका कर्मचारिहरुको टोली, चवराचौतारा वडाको टिम बाहेक बि र सि गरि दुई टोली तथा गगुडा बि र कानाचौर बि गरि १२ टोली सहभागी छन् । खेल लिग चरणमा खेलाइने आयोजकले बताएको छ । १२ टोलीलाई चार ग्रुपमा बिभाजन गरिएको छ ।

Sayalb

प्रतियोगिताको विजेता टोलीले नगद रु. ५० हजार र मेडल तथा उपविजेताले रु. ३० हजार र मेडल प्राप्त गर्ने सञ्जालका महासचिव केसीले बताएका छन् । साथै उत्कृष्ट खेलाडी (म्यान अफ द सिरिज) ले नगद तीन हजार पाँच सय र मेडल, उत्कृष्ट ब्याट्सम्यानले रु.दुई हजार र मेडल, उत्कृष्ट बलरले रु. दुई हजार र मेडल तथा म्यान अफ द म्याचले रु. पाँच सय रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आइसिसी को मापदण्ड अनुसार एलबीडब्लू बाहेकका नियमहरू लागू हुने जनाइएको छ । प्रतियोगिता चवराचौतारा तोलिवन स्थित पालिका स्तरिय नवनिर्मित खेल मैदानमा सुरु भएको छ ।

Shaileshwori
Loading...