तिजको अवसरमा डोटीमा महिला तीज खेलकुद प्रतियोगिता हुँदै

Sayalb
डोटी :  हरितालिका तिज २०७९ को अवसरमा डोटीमा उप–मेयर कप महिला तीज खेल प्रतियोगिता आयोजना हुने भएको छ । यही भाद्र ७ गते देखी १४ गतेसम्म दिपायल सिलगढी नगपालिका, भैरव प्रसाद गण र त्रिवेणी एफएम डोटीको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना हुने भएको हो ।
आइतबार दिपायल सिलगढी नगरपालिकाको सभा हलमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिता हुने जनाएको छ । भदौ ७ र ८ गते कबड्डी प्रतियोगिता, ९ र १० गते भलिबल प्रतियोगिता, १० र ११ गते फुटबल प्रतियोगिता, १० गते सिलगढीमा र ११ गते दिपायलमा महिलाहरूलाई दर खुवाउने र नाचगानको कार्यक्रम आयोजना गरिने छ । आयोजक अनुसार प्रतियोगिता सिलगढी स्थित टुँडिखेलमा आयोजना हुने छ । दरखाने कार्यक्रम सिलगढी टुँडिखेल र दिपायल स्थित दिल्पेश्वर मठमा हुनेछ । कार्यक्रममा भैरव प्रसाद गणले मेडिकल क्याम्प पनि राख्ने जनाएको छ ।
प्रतियोगितामा जिल्लाका ९ वटै स्थानीय तहबाट महिलाहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।  प्रतियोगितामा सबै विधाका खेलमा पुरस्कार र प्रमाण पत्रको दिने व्यवस्था गरिएको छ।  प्रथम हुने टिमलाई १५ हजार , दृतिय हुनेलाई १० हजार र प्रमाण पत्र वितरण गरिने छ । प्रतियोगितामा सहभागी हुन चाहने टिमले भैरव प्रसाद गण र दिपायल सिलगढी नगरपालिकामा गएर टिम दर्ता गर्न सक्ने छन् ।
Shaileshwori
Loading...