उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधि दिपायल सिलगढीलाई

मोहन ठकुल्ला, डोटी
डोटीको टुँडिखेलमा सम्पन्न भएको उपमेयर कप महिला भलिबल प्रतियोगितामा दिपायल सिलगढी नगरपालिकाको जित हात पारेको छ । बुधवारबाट सुरु भएको उप–मेयर कप महिला तीज खेल प्रतियोगिता अन्तरगत बिहिवार भएको भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी ३६ नम्बर गण दिपायललाई हराउँदै दिपायल सिलगढी नगरपालिकाले जित हात पारेको हो ।
दिपायल सिलगढी नगरपालिकाले २५–१९, २३–२५, २६–२४, १५–२५, १५–७ सेटमा जित हात पारेको हो । फाइनल खेल वेस्ट अफ फाइपको खेलाएको थियो । जित सँगै दिपायल सिलगढी नगरपालिकाले १५ हजार नगद सहित प्रमाण पत्र प्राप्त गरेको छ । दृतिय भएको सशस्त्र प्रहरीले १० हजार नगद र प्रमाण पत्रमा चित्त बुझाएको छ ।
सेमिफाइनल खेलमा दिपायल सिलगढी नगरपालिकाले डोटी क्याम्पसलाई र सशस्त्र प्रहरीको टोलीले भैरव प्रसाद गणलाई हराएको थियो । प्रतियोगितामा विभिन्न ८ टोलीको सहभागिता रहेको थियो ।
दिपायल सिलगढी नगपालिका, भैरव प्रसाद गण र त्रिवेणी एफएम डोटीको संयुक्त आयोजनामा बुधवारबाट सुरु भएको उप–मेयर कप महिला तीज खेल प्रतियोगिता भदौ १४ गतेसम्म सञ्चालन हुनेछ ।
बुधवार महिला कबड्डी प्रतियोगिता र ९आज० बिहिवार महिला भलिबल प्रतियोगिता सम्पन्न भइसकेका छन् । ९भोलि० १० र ११ गते फुटबल प्रतियोगिता, १० गते सिलगढी स्थित टुँडिखेलमा र ११ गते दिपायल स्थित दिल्पेश्वर मठमा महिलाहरूलाई दर खुवाउने र नाचगानको कार्यक्रम आयोजना गरिने छ ।
Sayalb
Shaileshwori
Loading...