उपमेयर कप महिला फुटबल प्रतियोगिताको उपाधि दिपायल सिलगढीलाई

मोहन ठकुल्ला, डोटी
डोटीको टुँडिखेलमा सम्पन्न भएको उपमेयर कप महिला फुटबल प्रतियोगितामा दिपायल सिलगढी नगरपालिकाले जित हात पारेको छ । शुक्रवार सम्पन्न फुटबल प्रतियोगितामा दिपायल सिलगढी नगरपालिकाले भैरव प्रसाद गण सिलगढीविरुद्ध ५–० को गोल अन्तरले जित हात पारेको हो । दिपायल सिलगढीका खेलाडी ललिता भाटले मात्रै तिन गोल गरेकी छन् । उनी आजको खेलको उत्कृष्ट खेलाडी भएकी छन् ।
Sayalb
जित सँगै दिपायल सिलगढी नगरपालिकाले १५ हजार नगद सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । दृतिय भएको भैरव प्रसाद गणले १० हजार नगद ट्रफी र प्रमाण पत्रमा चित्त बुझाएको छ । प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको थियो ।
यो भन्दा पहिला भएका भलिबल प्रतियोगिता र कबड्डी प्रतियोगिताको उपाधि पनि दिपायल सिलगढी नगरपालिकाले नै जितेको थियो । दिपायल सिलगढी नगपालिका, भैरव प्रसाद गण र त्रिवेणी एफएम डोटीको संयुक्त आयोजनामा बुधवारबाट सुरु भएको उप–मेयर कप महिला तीज खेल प्रतियोगिता जारी छ ।
Shaileshwori
Loading...