Before Header
After Navigation

डोटीमा बिद्यालय बाहिर रहेका बालबालिका बारे जानकारी दिए पुरस्कृत गरिने

Sagan sahari bhawan nirman aayojana

डोटीमा बिद्यालय उमेर समुहका बिद्यार्थि बिद्यालय बाहिर रहेका बालबालिकाको बारे जानकारी दिने ब्यक्तीलाई पुरस्कृत गरिने भएको छ । तिन प्रतिशत बिद्यालय उमेर समुहका बालबालिकालाई बिद्यालयमा ल्याई भर्ना गर्ने उदेश्यका साथ आफ्नो समुदायमा रहेका बालबालिकाको बिवरण सहितका जानकारी गराउने ब्यक्तीलाई सम्मान गरिने समाजिक बिकास कार्यालय डोटीका कार्यालय प्रमुख जयदेब महराले जानकारी दिए ।
समयमै भर्ना समयमै ज्ञान : गुणस्तरिय शिक्षा सबैको अभियान भन्ने आदर्श बाक्य सहित शैक्षिक सत्र २०८०का लागी बिद्यार्थि भर्ना अभियान सफल बनाउनका लागी पुरस्कृत गर्ने कार्यक्रम तय गरिएको हो ।
बिद्यालय नजाने बालबालिकाको नाम, बुवाआमाको नाम, ठेगाना र बिद्यालय नजानुका कारण सहित नजिकको बिद्यालय, वडा कार्यालय, पालिका, शिक्षा बिकास तथा समन्वय इकाइ, समाजिक बिकास कार्यालय मध्य कुनै एक ठाउँमा जानकारी गराउनु पर्ने कार्यालय प्रमुख महराले बताए । भर्ना अभियान २०८० सफल पार्नका लागी आयोजित अन्तरक्रीया कार्यक्रममा उक्त कुरा जानकारी दिइएको हो ।
बिद्यालय बाहिर रहेका बालबालिकालाई बिद्यालय भर्ना गर्नका लागी बिशेष योजना तयार गरी अघी बढ्नु पर्ने सुदूरपश्चिम प्रदेश शिक्षा बिकास निर्देशनालयका निर्देशक दुर्गादत्त बिष्टले बताए । बिष्टले भने ‘ धेरै बर्षदेखी हामी ३ प्रतिशत बिद्यार्थि बिद्यालय बाहिर छन् भन्दै आएका छौँ, अब यसलाई शत प्रतिशतमा पु¥याउनका लागी बिशेष योजना आबश्यक छ ।’

Shaileshwori
Loading...