सुदूरपश्चिम प्रदेश माओवादीले टुङ्ग्यायो मन्त्रीको नाम

Sayalb

धनगढी :  सुदूरपश्चिम प्रदेशका सत्तारूढ दलहरूबिच मन्त्रालयको भागबन्डा मिलेसँगै नेकपा (माओवादी केन्द्र) ले सरकारमा मन्त्रीका रूपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुङ्गो लगाएको छ । संसदीय दलको बैठकबाट सरकारमा सहभागी हुने दुई मन्त्री र एक राज्यमन्त्रीको नाम टुङ्गो लागेको दलका नेता खगराज भट्टले बताए ।

सामाजिक विकास मन्त्रीमा भपट साउद, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा रमेश धामी र गीतादेवी माललाई राज्यमन्त्रीमा सिफारिस गर्ने निर्णय भएको भट्टले बताए । धामी कैलालीबाट र साउद अछामबाट निर्वाचित भएका हुन भने माल डडेलधुराबाट समानुपातिक सांसदमा निर्वाचित भएकी हुन् । उनीहरूको शपथ ग्रहण आजै हुन सक्ने सम्भावना छ ।

Shaileshwori
Loading...