डोटी जिल्ला अस्पतालमा भएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि

bhukampa

सोमबार डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८३ जनाको कोरोना परीक्षण भएकोमा १३ जनालाई संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला ईन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिनु भयो । सोमबार थपिएका सबै सक्रमित अछाम जिल्लाका हुन । अस्पतालका प्रयोगशाला इन्चार्ज श्रेष्ठका अनुसार अछामको रामारोशन गाउँपालिकाका ७ पुरुष, ४ महिला र मंगलसेन नगरपालिकाका २ महिलामा कोरोना पुष्टि भएको हो ।

Shaileshwori
Loading...