सेनाले गर्‍यो एसईईमा उत्कृष्ट अङ्क ल्याउनेलाई सम्मान 

सुवास नेपाली, डोटी 

भैरव प्रसाद गण सिलगढीले एईईमा उत्कृष्ट नम्बर ल्याउने ८ जना बिद्यार्थीहरुलाई सम्मान गरेको छ। २०७९ सालको एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने एनसिसि विद्यार्थी तथा नेपाली सेनाका बहालवाला तथा भूपू सैनिकका छोराछोरीलाई सम्मान गरिएको हो ।

Sayalb

शिक्षा जीवनको महत्त्वपूर्ण सम्पत्ति भएकाले गुणस्तरीय शिक्षा आर्जन गर्न उत्प्रेरित गर्ने उद्देश्यले सम्मान गरिएको भैरव प्रसाद गणका गणपति जनमत बहादुर कार्कीले बताए । सम्मानित हुनेहरूमा एनसिसि बिद्यार्थीहरु सुजंग बोर्डिङ स्कुलकी छात्रा दिया बोगटी (३.७५ जिपिए), सुजंग बोर्डिङ स्कुलकै छात्र आसिस खडका (३.८० जिपिए), पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयकी छात्रा कल्पना साउद (३.०५ जिपिए), छात्र उत्तम बडैला  (२.७० जिपिए) रहेका छन् ।

बहालवाला सैनिक सन्ततिबाट श्री नं ४ फिएमा कार्यरत नीरज बोहराका छोरा पद्म पब्लिक मुक्ति नारायण माध्यमिकका अशोक बोहरा (३.१५ जिपिए), श्री  नं ५ बाहिनी अड्डामा कार्यरत सुवास कठायतकी छोरी पवित्र आवासीय माध्यमिक विद्यालयकी प्रतिभा कठायत (२.९५ जिपिए) र भूपू सन्ततिबाट लक्ष्मी माध्यमिक विद्यालय आदर्श गाउँपालिकाकी राम बहादुर रोकायाकी छोरी पुष्पा रोकाया (२.३५ जिपिए) र टेक बहादुर नायकका छोरा पद्म पब्लिक मुक्ति नारायण माविका प्रवेश नायक (३.२६ जिपिए) लाई सम्मान गरिएको छ ।  सम्मान स्वरूप कसर पत्र र मोमेन्टो ( मायाको चिनो) प्रदान गरिएको छ ।

Shaileshwori
Loading...