भ्रष्टाचारीलाई कडा कारबाही हुन्छ : दिपायल सिलगढी नगरपालिका

डोटी : भ्रष्टाचारीलाई कडा कारबाही गरिने दिपायल दिपायल सिलगढी नगरपालिका प्रमुख बाजी सीँ खड्काले बताएका छन् । शुक्रबार आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाइ कार्यक्रम योजना पास गर्न प्राविधिकले शुल्क लिने गरेको प्रश्न उठेपछि नगरप्रमुख खड्काले यस्तो बताएका हुन् ।

सार्वजनिक सुनुवाइ हुनुभन्दा पहिला नगरपालिकाका नौ वटै वडाका २९ जनामा गरिएको नागरिक प्रतिवेदनमा १४ जनाले प्राविधिकलाई शुल्क दिनुपर्ने बताएको पाइएको छ । यसको उत्तर दिँदै नगरप्रमुख खड्काले आरोप लगाउनेहरूको नाम आफूहरूलाई उपलब्ध गराउन अनुरोध गर्दै उनीहरूको नाम गोप्ये राखेर नगरपालिकाले छानबिन गर्ने बताए ।

Sayalb

“मलाई विश्वास छ प्राविधिकले यस्तो काम गर्न सक्दैनन् यदि भ्रष्टाचार गरेको प्रमाणित भएमा २४ घण्टा भित्र कारबाही गर्ने छु, नगर प्रमुख खड्काले भने, यस बारेमा पटक पटक कर्मचारीसँग भावनात्मक छलफल पनि गरेको छु, उहाँहरूले मेरो भावनाको कदर गर्नुभएको होला ।”

भ्रष्टाचारको विषयमा आफ्नो ध्यानाकर्षण भएको प्रमुख प्रशासकीय अधिकृत शङ्कर सूचिकारले बताए । उनले भने, यो गम्भीर विषय हो, छानबिन हुन्छ, नगरप्रमुखले २४ घण्टाभित्र कारबाही गर्छु भन्नुभएको छ, तर कोही दोषी भेटिएमा म १२ घण्टा कुर्ने छैन । अधिकृत सूचिकारले वडा नम्बर ७ को पहिरोको जोखिममा रहेको कोइरेली वस्ति स्थानान्तरण गर्न कानुनी प्रक्रियाकाले रोकेको बताए ।

नगरपालिकाले यसै आर्थिक वर्षमा १५ प्रतिशत बेहोर्ने गरी वस्ति स्थानान्तरणका लागि रु ६० लाख विनियोजन भएको भए पनि प्राविधिक कारणले कार्य थालनी नभएको सूचिकारको दाबी छ । भुगर्भ विद्ले बस्ती स्थानान्तरण गर्न आवश्यक भनेपछि मात्रै स्थानान्तरण गर्नुपर्ने व्यवस्था भएकाले भुगर्व विद्ले अध्ययन नगरिदिँदा कार्य नभएको उनले बताए ।

Shaileshwori
Loading...