जोरायल गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

सिलगढी :  डोटीको जोरायल गाउँपालिकाको आर्थिक वर्ष ०७९/०८० को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।  गाउँपालिकाको सभाहलमा आइतबार सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।

Sayalb

गाउँपालिकाका अध्यक्ष दुर्गा दत्त ओझाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाले सेवा प्रवाह र बजेट खर्च गर्दा भएका समस्याहरूको बारेमा सहभागीहरूले प्रश्न गरेका थिए । कार्यक्रममा उठेका प्रश्नको गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष लगायतका सम्बन्धित व्यक्तिले जवाफ दिएका थिए ।

कार्यक्रममा गाउँपालिकाका निर्वाचित जन प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधिहरू, कर्मचारी, शिक्षक, उपभोक्ता समितिका पदाधिकारी, सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरू,  पत्रकारहरू लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।  कार्यक्रमको सहजीकरण  पत्रकार झलक पालि र कर्ण चन्दले गरेका थिए ।

Shaileshwori
Loading...